काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले यसअघि, सभामुख र उपसभामुखमा पनि उम्मेदवार बनाएको थियो।
राष्ट्रपतिमा कसलाई उठाउने भन्ने टुङ्गो नलगाएको काँग्रेसले उम्मेदवारी दिनु पूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने जनाएको छ ।
प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ११ : ५१ बजे
प्रतिक्रिया