प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच आज बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार उहाँहरुबीच सुदूरपश्चिम सरकारका विषयमा तथा  समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहनुभएका रावल २७ पुस गते एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ५७ बजे