आज हरियो तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । 

समितिका अनुसार आज सोमबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अङ्गुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ । 

त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ । 

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम तोकेको मूल्य हो ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल गोलभेँडा १३ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने  कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज ८० र हरियो धनियाँ १२० रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ११ बजे