एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने 

काठमाडौँ । नेकपा एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ ।

प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नगरकोटमा आज बिहान १० बजेदेखि सुरु हुने कार्यशाला आज र भोलि सञ्चालन हुनेछ । 

कार्यशालामा जिल्लाका र प्रदेशका स्कुल विभागका प्रमुखहरू सहभागी हुनेछन् । 

कार्यशालामा पार्टीका प्रशिक्षणका कामहरू कसरी अघि बढाउने, पार्टीलाई कसरी सूचना र प्रविधि मैत्री बनाउने,दसौँ महाधिवेशनका फैसलाहरू के कसरी कार्यान्वयन गर्ने र जबजलाई कसरी समय सापेक्ष उपयोग गर्ने लगायतका विषयहरूमा प्रशिक्षण दिइने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली लगायतले प्रशिक्षण दिनुहुनेछ ।

 

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ४७ बजे