‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेराक संगठन इलामको अध्यक्षमा गुर्मछान

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को इलाम जिल्ला समिति चन्द्रमोहन गुर्मछान (मगर)को संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छ ।  

समितिको उपाध्यक्षमा मनोजकुमार धुरझाँर र रामप्रसाद मिश्र, सचिवमा राजेन्द्र ढुंगेल, सहसचिवमा सुरेन्द्र थलङ र कोषाध्यक्षमा उत्तम अधिकारी चयन भएका छन् । इलाम बजारमा शनिबार सम्पन्न जिल्ला भेलाबाट निर्वाचित अन्य सदस्यहरुमा लालबहादुर राउत, खेत धिमाल, तुलसी भट्टराई, मोहन राजवंशी, लक्षण तामाङ, जितेन्द्र साह र भगिरथ प्रसाद रौनियार रहेका छन् । उक्त भेलाको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा (रमण) रहेका थिए । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ६ : ५४ बजे