दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ४ : १६ बजे
प्रतिक्रिया