ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौँ । ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ ।  

निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नयाँ कार्यसमितिका लागि बिहान ८ बजेबाट मतदान सुरु भएको छ । उक्त मतदान ४ बजे सकिनेछ । 

नयाँ नेतृत्वका लागि  दुई समूहले उम्मेदवारी दिएका  छन् । निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेसागत लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।

बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव(महिला)मा सजनी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठ हुनुहुन्छ ।   

सदस्यमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिनुभएको छ । 

महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, बिपना योगीले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त बारमा आठ सय १२ मतदाता छन् । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ९ : १४ बजे