दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अवैध सालको काठ बरामद

महोत्तरी । प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । 

शुक्रवार महोत्तरीको बर्दिबास नगरपालिका वडा न.१४ को भित्री सडकबाट ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको ७९.१ क्यु फिट सालको काठ बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीले २–०३–००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठसहित उक्त ट्याक्टरका चालकलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा वडा न.१४ का नै २३ वर्षीय विशाल मगर छन् । उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि सब डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

 

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ३४ बजे