कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ ।

आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत पुस २७ गते नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

उहाँलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ०५ बजे