हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )

सुर्खेत ।  हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात सुरु भएको छ ।

हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताउनुभयो । हिउँका कारण बाहिर हिँडडुल गर्न समस्या परेको उहाँको भनाई छ । 

हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।

गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।​​​​​​​​​​​​

​​​​​​​

 

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : १८ बजे