दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जापानमा रोजगारीका लागि पठाइदिने भन्दै तीन करोड ठगीको आरोप

मोरङ । मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै रु दुई करोड ८७ लाख ठगी गरेको आरोप लगाउँदै पीडितहरूले कारबाहीको माग गरेका छन् । 

मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकामा बसोबास गर्ने ३७ पीडितले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा  सुनवर्षि नगरपालिका–६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जित कुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न बैङ्कमार्फत उक्त रकम लिएर फरार भएको पीडितको आरोप छ । 

पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाइ रु १८ लाख बैङ्कमा नगद जम्मा गर्न लगाइ ठगी गरेको दाबी गर्नुभयो । 

यसैगरी सुनवर्षी नगरपालिका–६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाइँ मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटक पटक गरी बैङ्कमार्फत  १९ लाख भुक्तानी दिएको भौचर देखाउनुभयो ।

पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा आफ्नो घर जग्गा धितोमा राखी रकम उठाइ आरोपीलाई दिएको बताए । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलब्ध गराउन माग गरेका छन् । आरोपी फरार रहेको बताइएको छ । रासस

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ३६ बजे