जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गर्नुभएको छ । 

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौँ जिल्लाको प्रमुख पदमा सरुवा हुनुभएको थियो। 

प्रहरी प्रधान कार्यालयबाट काठमाडौँ जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधवार बिहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उहाँको भनाइ थियो । 

बुधवारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरूलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिनुभएको एसपी दिनेश मैनालीले जानकारी दिनुभयो।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : ४१ बजे