काठमाडौं । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ । बुधबारको मन्त्रिपरिषद बैठकले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको हो ।
गठित समितिको नामावली भने सार्वजनिक गरिएको छैन ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गरिने बताउनुभयो ।
प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ६ : ४१ बजे
प्रतिक्रिया