छ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलवारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । 

मङ्गलवार प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार छ सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ११ : २८ बजे