सुनको मूल्यमा नयाँ कीर्तिमान

उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

उपप्रधानमन्त्री पौडेलले सुमेरु अस्पताल पुगेर उपचाररत पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

यसअघि उपचाररत पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : २६ बजे