‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डडेलधुराको दुर्गम बस्तीमा बर्थिङ सेन्टर स्थापना

डडेलधुरा । डडेलधुराको दुर्गम मानिने नवदुर्गा गाउँपालिका–५ चामाचौडमा बर्थिङ सेन्टर स्थापना भएपछि त्यहाँका गर्भवतीलाई सहज भएको छ । बर्थिङ सेन्टर स्थापना भएपछि विगतमा जस्तो सामान्य गर्भ चेकजाँच गर्न डडेलधुरा सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

विशेष गरी नियमित चेकजाँच गर्नुपर्ने गर्भवतीलाई दक्ष नर्सिङ स्वास्थ्यकर्मी सहितको बर्थिङ सेन्टर स्थापनाले डडेलधुरा सदरमुकाम धाउने समय, खर्च तथा दुःख सकिएका छन् । स्थानीय इन्द्र विक भन्छिन्, ‘विगतमा मेरी सासू आमाले स्वास्थ्य सेवा केन्द्र तथा बच्चा जन्माउन स्वास्थ्यकर्मी नभएका कारण ज्यान गुमाउनु परेको थियो । अब त्यो अवस्थाको अन्त्य हुनेछ । बर्थिङ सेन्टर सञ्चालनमा आएपछि त्यहाँका गर्भवतीहरूले गर्भावस्थामा पाउनुपर्ने हेरचाह तथा सुत्केरी अवस्थामा गरिने चेकजाँच समेत पाइरहेका छन् ।

जसले गर्दा त्यहाँ शिशु मृत्युदर घटेको र महिलाहरूको स्वास्थ्य अवस्था राम्रो भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र चामाचौडकी अनमी सरस्वती ऐरले बताइन् ।

तर, अहिले सुदूरपश्चिम प्रदेश सरकारले २ कोठे भवन र नवदुर्गा गाउँपालिकाले ४ कोठे भवन बनाइदिएपछि सेवा दिन सहज भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र चामाचौडका प्रमुख प्रेमबहादुर साउदले बताउनुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ३० बजे