परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल पक्का !

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा‍ . पौडेलको नाम पक्का भएको छ ।

डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएकाे थियाे ।

डा. बिमला राई पौड्याल संघीय संसद (राष्ट्रिय सभा) को सदस्य हुनुहुन्छ । उहाँले नेदरल्याण्डको Institute for Social Studies बाट विकास अध्ययनमा विद्यावारिधि गर्नुभएका साथै संयुक्त अधिराज्यको Manchester University बाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । त्यसैगरी उहाँले त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गर्नुभएको छ ।

उहाँले राष्ट्रिय योजना आयोगको पूर्व सदस्य भई काम गर्नुभएको छ भने हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयमा Adjunct Professor को रूपमा विकास अध्ययन विषय अध्यापनरत हुनुहुन्छ । डा. बिमला राई पौड्यालले नेपालका विभिन्न सरकारी निकाय लगायत, वहुपक्षीयआर्थिक सहायता निकाय र गैर-सरकारी संस्थाहरूमा काम गर्नुभएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५७ बजे