पोखरा विमान दुर्घटना : थप ११ जनाको शव पहिचान

 

काठमाडौं । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा सवार यात्रुमध्ये थप  ११ जनाको शव पहिचान  खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  क्याप्टेनसहित थप ११ जनाको शव पहिचान खुलेको जनाएको हो । हालसम्म विमानका क्याप्टेन कमल केसीसहित ४२ जनाको सनाखत भइसकेको छ ।

हालसम्म गायिका निरा छन्त्याल, जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, अनिल शाही, फ्रान्सेली नागरिक पास्कल एलेक्सको र डा.सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शवको पहिचान भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)ले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : १० बजे