प्रधानमन्त्री दाहालसँग  चिनियाँ राजदूतको शिष्टाचार भेट

​​​​​​​काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङ (Chen Song) ले आज शिष्टाचार भेट गर्नुभएको छ। 

भेटका अवसरमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो सोही अवसर उहाँले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहने बताउनुभयो । 

भेटमा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिनुहुँदै आफ्नो तर्फबाट राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : १६ बजे