‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रवीन मोक्तान सर्वाेत्कृष्ट टिकटककर्ता घोषित

काठमाडौं – एसवाई बजार प्राइभेट लिमिटेडको आयोजना भएको टिकटक कम्पिटिशनमा रवीन मोक्तान सर्वाेत्कृष्ट टिकटकर्ता घोषित भएका छन् । उनले एक लाख ५० हजार रकम प्राप्त गरेका छन् ।

एसवाई बजार प्रालिले आइतबार राजधानींमा आयोजना गरेको कार्यक्रममा मोक्तानसहित अन्य १५ जनालाई नगद पुरस्कार प्रदान गरेको हो । पहिलो हुने एक जना, दोश्रो हुने दुई जना, तेश्रो तीन जना, चौथो हुने चार जना र पाँंचौं हुने पाँंच गरी कुल १५ जनालाई नौ लाख रुपैयाँं नगद पुरस्कार प्रदान गरिएको हो । 

एसवाई बजार नाइन लाख जिंगल च्यालेन्ज कम्पिटिशनमा सहभागीमध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष होङ योङ ढोङलगायतका कम्पनीका पदाधिकारीले उनीहरूलाई नगद पुरस्कार वितरण गरेका थिए । 

एसवाई वजार एउटा अनलाइन सपिंग बजार एप्स हो । यो एप्समा गएर आफूले चाहेको जुनसुकै कोरियन सामान नुनदेखि सुनसम्म अनलाइनमार्फत् पाउन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ४४ बजे