विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौँ – सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले शोक मनाउन एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : ४९ बजे