दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

गण्डकी । पोखरामा आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ ।

उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् । 

पोखराको पृथ्वी चोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्ध चोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका ट्याङ्कर पुर्याउनसमेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । 

भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : १० बजे