उपमहासचिव पुन अस्पताल भर्ना

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । 

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुग्नुभएको थियो । 

 रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको उहाँको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराउनुभएको थियो । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको हो ।
 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : ३७ बजे