दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राँगा चोरी गरेको आरोपमा भारतीय युवक पक्राउ

झापा । झापामा दुईवटा राँगा चोरी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। 

 

घटनामा संलग्न अझै तीन भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायतका २२ वर्षीय मोहम्मद नाजिर रहेको डीएसपी वसन्त पाठकले जानकारी दिनुभयाे ।   

पुस २६ गते राती साढे ११ बजेको समयमा झापा गाउँपालिका-४ निवासी अमालो मियाँको गोठमा बाँधी राखेको दुई वटा राँगा चोरी भएको थियो। 

चोरी भएको राँगा प्रहरी चौकी टाघनडुब्बाले खोजतलास गर्ने क्रममा नेपाल भारतको दशगजा सीमा क्षेत्र जोडिएको धनतोला ग्राम पञ्चायत निवासी मोहम्मद नाजिर, सोही ठाउँका अन्दाजी २० वर्षीय आजाहार महमद, अन्दाजी १९ वर्षीय ईजाहुल हक र १९ वर्षीय गोदा भन्ने (नाम र थर नखुलेको) चार जनाले लगेको भनी खुलेको थियो। 

त्यसपछि नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिले भारतीय प्रहरीसँग समन्वय गरी नाजिरलाई चोरिएका दुईवटा राँगासहित पक्राउ गर्न सफल भएको छ। 

पक्राउ परेका उनलाई प्रहरी कार्यालय झापामा राखेर चोरी शीर्षकमा मुद्दा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। 

घटनामा संलग्न अन्य तीन जनाको भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य भइरहेको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : ३४ बजे