दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

१ हजार ६ सय ८३ बोरा अवैध चिनी बरामद

नवलपरासी । प्रहरीले नवलपरासी पश्चिममा ६३ लाख ११ हजार २ सय ५० रुपैयाँ बराबरको चिनी बरामद गरेकाे छ ।

प्रहरीले गए राति रामग्राम नगरपालिका वडा नं. ८, लोहडामा रहेकाे धर्मेन्द्र यादवको पाल्हि एग्रो फार्म प्रालिको कुखुराको खोरभित्र लुकाई राखेको अवस्थामा १ हजार ६ सय ८३ बोरा चिनी बरामद गरेको हो । बरामद गरीएकाे चिनी ८ सय ४१ क्विन्टल रहेकाे प्रहरीकाे भनाइ छ ।

बरामद चिनी आवश्यक कार्यवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : २७ बजे