प्रदेश १ मा माओवादीका दुई र एमालेका एक मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएको हो । 

नवनियुक्त तीन मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । योसँगै प्रदेश १ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

नवनियुक्त  तीनै जना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी रहेको जनाइएको छ  ।

यसअघि, एमालेका तीलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राप्रपाका भक्तिप्रसाद सिटौला (झापा) र जसपाकी निर्मला लिम्बू (ताप्लेजुङ) लाई मन्त्री बनाइसकिएको छ । उहाँहरूको पनि जिम्मेवारी भने तोक्न बाँकी रहेको छ । 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ११ : ५१ बजे