डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुने हुनुभएको छ । 

मुख्यमन्त्री कार्कीले आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो ।

उहाँले बुधवार प्रदेशसभा सचिवालयमा पत्र पठाइ आज विश्वासको मत लिनका लागि समय उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको थियो । 

उहाँलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाउनुभएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : १७ बजे