लण्डन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरूका लागि आयोजना अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ ।
गैर आवासीय नेपाली सङ्घका उपमहासचिव रामशरण सिमखडाका अनुसार उपप्रधानमन्त्री पौडेलले ‘पढ्दै कमाउँदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको हो ।
आइतबार साँझ नेपाली समय ५:०० बजेपछि भर्चुअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई सङ्घका पूर्व अध्यक्षहरू डा.उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्तलगायत एक दर्जन सांसदसहित करिब डेढ दर्जन वक्ताहरूले सम्बोधन गर्नुहुने भएको छ।
प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार ७ : ३९ बजे
प्रतिक्रिया