राष्ट्रपति भवनमा घटस्थापना

पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्ने अन्तरिम आदेश दिएको छ ।

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई अदालतले तारेखमा रिहा गर्ने अन्तरिम आदेश दिएको अदालतका रजिष्टार ठगिन्द्र कट्टेलले बताएका हुन्। तर लामिछानेका निम्ति अदालतले केही सर्तहरू समेत तोक्दै २० लाख धरौटीमा रिहाको आदेश दिइएको छ ।

लामिछानेलाई १८ कात्तिकमा जिल्ला अदालत काठमाण्डूले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी हिरासतमा बस्दै आएका हुन् ।

लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय हुनुपर्ने माग गरिएको काठमाण्डू जिल्ला अदालतले जनाएको छ।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : २२ बजे