डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

गण्डकी प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

कास्की ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिनुहुभएको छ । 
गण्डकी प्रदेश सभा स्थित एमाले संसदीय दलको कार्यलयमा आज बसेको संसदीय दलको बैठमा मुख्यमन्त्री अधिकारीले सो कुराको जानकारी गराउनु भएको हो ।

३३ जना प्रदेश सभा सदस्यको समर्थन सहित मुख्यमन्त्री बन्नु भएका  अधिकारीलाई विश्वासको मत पाउन सहज छ । अधिकारीको पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै राजधानी गएर एमाले अध्यक्ष केपी शर्मा ओलाी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्केनु भएका अधिकारीले विश्वासको मत लिए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ३ : ५९ बजे