राष्ट्रपति भवनमा घटस्थापना

फेरिए सातै प्रदेशका प्रहरी प्रमुख 

 काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ ।

यसैगरी मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी  र  कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा हुनुभएको छ ।  

यसैगरी  भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएक छ भने प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ  । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाउनुभएको छ भने प्रहरी प्रवक्ता रहनुभएका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा दिइएको छ । 
यसैगरी गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाउनुभएको छ भने प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाउनुभएको छ । यसैगरी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणा खटाइएको  छ भने विशेष ब्यूरोमा सुदीप गिरी पुग्नुभएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : ३८ बजे