डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

बागमती प्रदेशको सभामुखमा नेमकिपाकी सृजना सायजुको उम्मेदवारी दर्ता

हेटौडा । बागमती प्रदेशको सभामुखमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

उहाँले नेपालको संविधानको धारा १८२ एवं प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेशसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

उहाँको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र राज गोसाई र समर्थकमा गीता काफ्ले रहनु भएकाे छ ।११० सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ५६ सांसदको आवश्यकता पर्छ।

कांग्रेसका ३७,नेकपा एमालेका २७,माओवादी केन्द्रका २१,राप्रपाका १३,नेकपा एसका ७,नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : ५८ बजे