तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेका छ । चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ५८ बजे