काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री जमरकट्टेलबीच बधाई आदानप्रदान समेत भएको जनाइएको छ ।
प्रधानमन्त्री दाहाल बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग भेट गर्नुभएको थियो।
प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार ९ : २३ बजे
प्रतिक्रिया