डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।

विभागले आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागहरूमा  बाक्लो  हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य,सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जिरी न्यूनतम तापक्रम माइन शून्य दशमलव नै डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ पुस २८ गते (बिहीबार)
दिउँसोː
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस २९ गते  (शुक्रवार)
दिउँसोː
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ पुस ३० गते (शनिवार)
दिउँसोː
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
​​​​​​​रातीː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : २५ बजे