डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताउनुभएको छ। बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रविले हिजो संसदमै उपस्थित हुँदा आफूले नदेखेको र पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको बताउनुभयो ।

‘मैले देखिनँ । म बाहिर गएर हस्ताक्षर गरेँ । थाहा पाइनँ । थाहा पाएपछि इमिडियट आईजीपीलाई फोन गरेर पक्राउ गर्न भनिसकेको छ । प्रहरीको आफ्नो प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा प्रहरी लागिपर्नेछ ।’

महोत्तरी १ बाट निर्वाचित सांसद महतो मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन विकको हत्या अभियोगमा फरार सूचीमा छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ४९ बजे