विश्वको अर्थतन्त्रमा गहिरो र लामो समयसम्म मन्दी रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले विश्वको अर्थतन्त्रमा गहिरो र लामो समयसम्म मन्दी रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आर्थिक मन्दीको संकेत गरेको हो ।

विश्व बैंकले गरेको प्रक्षेपण अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने बताएको छ ।  विश्व बैंकले ६ महिना अघि अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान गरेपनि अहिलेको प्रक्षेपण त्योभन्दा धेरै कम हो ।

विश्व बैंकका अनुसार नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरेको छ भने नेपालको अर्थतन्त्र स्थिर रहने अनुमान गरेको छ ।

विश्व बैंकले दक्षिण एसियाली मुलुकमध्ये श्रीलंकाको आर्थिक वृद्धिदर नकारात्मक नै रहने अनुमान छ । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिभन्दा माल्दिभ्स, भारत र बंगलादेशको माथि  रहने प्रक्षेपण गरेको छ ।
 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ०१ बजे