डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरीकाे दाबी पेश

रुपन्देही ।​​​​​​​ लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष एमालेका लिला गिरीले मुख्यमन्त्री पदका लागि दाबी पेश गर्नुभएकाे छ ।

संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसाे दाबी पेश गर्नुभएकाे हाे । उहाँले पेश गरेको दाबीमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको छ ।

लुम्बिनी प्रदेशमा ८७ संसाद छन् । बहुमतका लाथि ४४ संसदकाे समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  २ : १४ बजे