‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य  २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : ५९ बजे