राष्ट्रपति भवनमा घटस्थापना

‘हनिट्रयाप’मा पारेर बार्गिनिङ गर्ने महिला कारागार चलान

तुलसीपुर ।  ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्नेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

‘हनिट्रयाप’ का मुख्य योजनाकार कृष्णी गहतरालाई दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । सोमबार भएको थुनछेक बहसमा गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता समेत भएको जनाइएको छ ।

‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँने  र पटक–पटक गरी रु ३० लाख लगिसकेको खुलेको छ । पीडित पुरुष प्रेम खड्काले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुईवटा नागरिकता बनाउन सहयोग गरेकोसमेत खुलेको छ । त्यस्तै पीडित पुरुष खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको जनाउँदै मुद्दा चलाइएको छ । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ४४ बजे