राष्ट्रपति भवनमा घटस्थापना

सरकारको न्युनतम कार्यक्रम : ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिनुभयाे । 

पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयाे । न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उहाँले बताउनुभयाे ।  साझा कार्यक्रम प्रस्तुतको क्रममा उहाँले यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताउनु भयो ।

उहाँले स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताउनुभयो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन्।

उपप्रधानमन्त्री तथा एमाले नेता विष्णु पौडेल नेतृत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा गरी शीर्ष नेताहरुलाई बुझाएको थियो । आइतबार शीर्ष नेताहरुले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका थिए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ५ : २६ बजे