राष्ट्रपति भवनमा घटस्थापना

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु 

काठमाडौँ । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

 वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल लिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : २१ बजे