आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

काठमाडौँ । अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । 

मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो । यससँगै भौतिक रूपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइनमार्फत लिन सकिनेछ ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : २८ बजे