बिचौलिया र घुमन्ते व्यापारलाई नियन्त्रण गर्न चेम्बर अध्यक्षको माग

बुटवल । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भारतको खुला सीमा, खुल्ला भन्सार नीति  भएको कारण धेरै उद्योगी व्यवसायीहरु समस्यामा परेकोले बिचौलिया र घुमन्ते ब्यापारीलाई तत्काल नियन्त्रण गरी कारबाही गर्न माग गर्नुभएकाे छ । 

तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउँदै बिचौलिया र घुमन्ते व्यापारीलाई नियनत्रण गर्न माग गर्नुभएकाे हाे । 

उहाँले उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि आफ्नो तर्फबाट एवं नेपाल चेम्बरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयाे। बैंक ब्याज, मौद्रिक नीति, कर्जा लगायतका समस्याका विषयमा वर्तमान सरकार एवं अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नरसंग भेटघाट गरी तत्काल समस्या समाधानका लागि सुझाव सहित ज्ञापन पत्र बुझाएको उहाँले जानकारी दिनुभयाे । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका  उप–प्रमुख जगेश्वर देवी चौधरीले हालको अर्थतन्त्र, बैंक ब्याज उद्योगी व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकारको तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयाे । साथै शिलान्यासपछि विवादका कारण रोकिएको चेम्बरको सचिवालय भवन निर्माण कार्य अगाडि बढाउनका लागि आफ्नो एवं नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गर्ने जानकारी गराउनुभयाे । 

संस्थाका अध्यक्ष बाबुलाल भुसालले चेम्बरले आर्थिक वर्ष २०७८÷०७९ देखि हाल सम्म गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष २०७९/०८० को कार्ययोजनाहरु प्रस्तुत गर्नुभएकाे थियाे । साथै व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउँदै लैजाने जानकारी गराउनुभयाे ।
 
कार्यक्रममा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव तथा तिलोत्तमा चेम्बरका संस्थापक अध्यक्ष एवं संरक्षक झविन्द्र प्रसाद कंडेल,  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु , तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम बहादुर घर्ती, देवदह ब्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्ग, नेकपा एमाले तिलोत्तमा नगर सचिव मिन प्रसाद पोख्रेल, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र कार्की, चेम्बरका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बहादुर बराल, सचिव मानबहादुर बर्मा लगायतले मन्तव्य व्यक्त गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिनुभयाे । 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : १२ बजे