दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाह पक्राउ

काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले शाहसहित ६ जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।

शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । त्यसक्रममा केही रकम अमेरिकाबाट नेपाल भित्रिइसकेको थियो ।

वित्तीय शुद्धीकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो ।शाहलाई पूर्व अर्थमन्त्री जनार्दन शर्माले बचाउन खाजेको आरोप छ ।तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाब दिएको सार्वजनिक भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शाहले ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६१ करोड ३३ लाख ७९ हजार २८४ रुपैयाँ), १२ हजार ८२५ पाउण्ड स्टर्लिङ डलर (हालको विनिमय दर अनुसार २० लाख ४३ हजार ५३५ रुपैयाँ) र ३ करोड २२ लाख २८ हजार ६८० रुपैयाँ शंकास्पद कारोबार गरेका हुन् ।

यसअघि सार्वजनिक विवरण अनुसार उक्त करोबारमा निवर्तमा अर्थमन्त्री जनार्दन शर्माको संरक्षण रहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : ०८ बजे