साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विद्यालयलगायत शैक्षिक संघसंस्था बन्द गर्न सीसीएमसीलाई सिफारिस

काठमाडौं। विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन स्कुल बन्द गर्ने सिफारिस गरेको हो । 

स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ । मन्त्रालयले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताएको छ। मन्त्रालयले विद्यालय, सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिसिएमसीलाई सिफारिस गरेको छ ।

देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ । योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : १७ बजे