देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गभर्नर मिश्र

​​​​​​​भैरहवा । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताउनुभएको छ । 

मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा उहाँले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख नीतिगत व्यवस्था अनुसार देशमा मौद्रिक तथा वित्तीय व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँले चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ नीतिमा समय सापेक्ष परिमार्जन समेत गरिने, हाल रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै आएको कारण तरलतामा वृद्धि भएर ब्याजदरमा घट्दै जाने बताउनुभयो । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : ३७ बजे