डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक पुस २५ गते बस्दै छ । 

त्यसअघि आज दिउँसो १ः०० बजे सर्वदलीय बैठक डाकिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति समेशर जबराले सदनको पहिलो बैठकका लागि एजेन्डा तय गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ।  

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : २४ बजे