​​सेयर बजारमा १७.९२ अङ्कको वृद्धि

काठमाडौं । आज सेयर बजार १७.९२ अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बिहिबार सेयर बजार १७.९२ अंकले सेयर बजार वृद्धि भएको हो । ०.८४ प्रतिशतले बजार बढ्दा नेप्से २१४३.७६ अंकमा पुगेको छ ।

आज २१३ कम्पनीका १ करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता सेयर कारोबार भएको छ भने, ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँ बराबर सेयर कारोबार भएको हो ।

आज १४७ कम्पनीहरुको सेयर मुल्यवृद्धि भएको छ भने ६२ कम्पनीहरुको सेयर मुल्यमा गिरावट आएको छ । चार वटा कम्पनीहरुको सेयर मूल्यमा भने कुनै उतारचढाव भएको छैन ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ३ : १५ बजे