डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन गठित मस्यौदा कार्यदलको बैठक आज बस्ने भएको छ । 

अर्थ मन्त्रालयमा आज दिउँसो १ः०० उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक बस्न लागेको हो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न उपप्रधान एवम् अर्थमन्त्री पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा सदस्य हुनुहुन्छ ।

कार्यदलको आजको बैठकले गठबन्धनका साझेदार दलहरूबाट सुझाव लिइएको आधारमा न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ । 

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १२ : २२ बजे